August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

साम्राज्यवादविरूद्ध संघर्ष गर्नुपर्नेमा जोड दिंदै डब्लूयुटिएफ समन्वय समिति नेपालद्वारा इटली घोषणापत्र सार्वजनिक

535

-लेखनाथ सिकारु


काठमाडौं । विश्व ट्रेड युनियन महासंघ (डब्लूयुटिएफ) समन्वय समिति नेपालले इटली घोषणपत्र सार्वजनिक गरेको छ । समितिले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच गत मे ५ देखि ७ सम्म इटलीमा सम्पन्न भएको १८औँ विश्व सम्मेलनबाट पारित मजदुरवर्गीय नीति कार्यक्रम र साम्राज्यवाद एवं दलाल पुँजिबादीहरुबाट मजदुरमाथि भएको दमन र शोषनविरुद्ध सम्झौताविहीन संघर्षबारे इटली घोषणपत्र सार्वजनिक गरिएको हो ।

विश्वसाम्राज्यवादी र दलाल पुँजिवादी शक्तिहरुबाट अधिक नाफाका लागि अधिकतम प्राकृतिक श्रोत साधनको दोहन गरी पर्यावरणको क्षति गराएकाले आज मानवजातिको अस्तित्व नै पर्यावरणीय जोखिमबाट महासंकट भोगिरहेको स्मरण गर्दै पर्यावरणको रक्षाका लागि सन्देश प्रवाह गर्न गमलाको बिरुवामा पानी सिंचित गरी अध्यक्ष प्रेमलकुमार खनालले उद्घाटन गरेका थिए ।

Advertisement

कार्यक्रममा मोहनमान स्वाँरले विश्व ट्रेडयुनियन महासंघको १८ विश्वसम्मेलन कोभिड १९ को संक्रमणबाट उत्पन्न जोखिमयुक्त परिस्थितिमा पनि निर्धारित समयमै भव्य रुपमा सम्पन्न भएको र सम्मेलनको समसामयिक पृष्ठभूँमि र साम्राज्यवादी शोषणविरुद्ध श्रमिक मजदुर वर्गको सामाजिक न्यायिक, सुरक्षा र पर्यावरण संरक्षण नीतिबारे पारित गरिएका समसामयिक विषयहरुबारे प्रस्तुत गरेका थिए ।

अठारौं विश्वसम्मेलनबाट पारित नीति कार्यक्रम र भावि कार्यदिशा बारे आधिकारिक घोषणाको नेपाली अनुवाद प्रस्तुत गर्दैै महत्वपुर्ण विषय सवाल र बिचारहरु मुल रुपमा साम्राज्यवादी पुँजिवादी हस्तक्षेप र शोषण उत्पिडन दमनका बिरुद्धको जुझारु संघर्ष आजको श्रमिक मजदुर वर्गको जिम्मेवारी रहेको बिचारहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमका विशेष वक्ता प्राध्यापक डा. युवराज संग्रौलाले वामपन्थी वा कम्युनिष्ट निष्टा विचार र दर्शन व्यवहार संस्कारहरुबाट च्युत हुँदै गएको कारण राष्ट्रले धेरै कुरा गुमाउदै जानु परेको बताए । उनले अब सबै सचेत भएर आफ्नो नेतृत्वलाई पनि खबरदारी गर्दै राष्ट्र, राष्ट्रयिताको पक्षमा, अमेरिकन साम्राज्यवादी हथकन्डाहरु एमसीसी, आइपिएस र सुरक्षा स्टेटपार्टनरसिप संझौता (सपिए) जस्ता निकै घाती कदमहरुका विरुद्ध सबै मिलेर संघर्ष गर्न जोड दिए । यसो नगरे मुलुकको अस्तित्व नै संकटमा पर्ने भएकोले हामीले साँच्चिकै समाजवादी विचारमा र कम्युनिष्ट विचारधारा आत्मैदेखि मान्ने हो भने हामीहरुको चरित्र व्यवहार र संस्कार सबै कम्युनिष्ट सिद्धान्तनिष्ट हुनेगरी बदल्नुपर्ने उनको भनाइ थियो । उनले देखावटी पपुलरारिटीबाट परिवर्तन असम्भव रहेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रम विश्व ट्रेड युनियन महासंघका नव निर्वाचित प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयोजक प्रेमल कुमारखनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।