August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा एकीकृत समाजवादीका छिरिङ लामा विजयी

490

ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का छिरिङ लामा विजयी भएका छन् । कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेर लामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत पाएका थिए ।

नौं स्थानीय तह रहेको गठबन्धनतर्फ नेपाली काँग्रेसका ६, माओवादीका ५ र नेकपा एकीकृत समाजवादीकाका १ मतदाता रहेका थिए भने एमालेका ६ मतदाता थिए । समन्वय समितिको उपप्रमुखमा नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचित भइसकेका छन् ।

जिल्ला समन्वय समितिका ७ जना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका सन्तोष राई, महिलातर्फ काँग्रेसका चन्द्रकला दाहाल, सविता लिङदेन र हेमन्ता पौडेल मिश्र तथा अन्य नेकपा एकीकृत समाजवादीका रवीन्द्रकुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र काँग्रेसका बिष्णुप्रसाद तिवारी निर्वाचित भएको मतदान अधिकृत मुक्तिनाथ सुबेदीले जानकारी दिए ।

Advertisement