August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू

975

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने पार्टीका उमपहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

केही दिन अघि बसेको पार्टीको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढंगले समीक्षा गर्न सबै प्रदेशमा सचिवालय सदस्यलाई खटाएर वास्तविक वस्तुस्थिति संकल गरी समीक्षा गर्ने निर्णय गरेको थियो ।

Advertisement