August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

आगामी बर्षदेखि नेपालमा मलको समस्या हुँदैन: कृषिमन्त्री यादव

290

काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले आगामी बर्षदेखि नेपालमा मलको समस्या नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो आश्वासन दिएका हुन् ।

उनले कोभिड-१९ तथा युक्रेन रुस युद्धका कारण मल उत्पादनमा कमी भएकाले समस्या भएको बताए । अर्को बर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने बताए ।

मन्त्री यादवले असार १५ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनबाट टेन्डर भएको डिएपी र युरिया मल आउँने र ५२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको जानकारी गराए । 

Advertisement

हाल १४ हजार मेट्रिक टन मल रहेको बताउदै युरिया मलको विकल्पको रुपमा झोल युरिया मल विराटनगरमा प्रदेश १ को कृषि मन्त्रीले उद्घाटन गरेको पनि बताए ।