August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

बुधबारदेखि साताको दुई दिन बिदा हट्ने, सरकारी कार्यालयको समय हेरफेर

405

काठमाडौं : भोलिदेखि सरकारी कार्यालयको समय हेरफेर हुने भएको छ। 

परीक्षणका रुपमा लागू गरिएको हप्ताको दुई दिन विदा दिने निर्णय सरकारले खारेज गरेसँगै कार्यालय समय हेरफेर हुने भएको हो। गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाएको छ। 

त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय संचालन हुनेछन्। शुक्रबार भने विहान १० देखि दिउँसो ३ बजेसम्म मात्रै कार्याल्य खुल्ने मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ। 

Advertisement

गत जेठ १ गतेबाट परीक्षणका रुपमा सातामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय तीन साता नपुग्दै गत २३ गते बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि लागू हुनेगरी खारेज गर्ने निर्णय गरेको थियो।