August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनुपर्छ: भीम रावल

495

काठमाडौं : प्रतिपक्षी नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारेमा संसदलाई जानकारी दिनुपर्ने बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरेका हुन्। 

नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको आरोप लगाए। नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेकोप्रति आपत्ति जनाए। 

Advertisement

उनले भने, ‘नेपालको परराष्ट्र नीतिलाई असंलग्न र स्वतन्त्र बनाउने भनेर जो लेखेका थियौं। तर त्यो अहिले सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लघंन गरेको देखिन थालेको छ। नेपाल भ्रमणमा रहेका अमेरिकी जर्नलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुने के भनेको हो यो? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको? स्थल सेनाको ग्रुपमा काम गर भन्न खोजेको हो। यसले के आशंका उत्पन्न गरेको छ।’

अमेरिकी जर्नेलले स्थल सेना भरपर्दो भन्नु स्थल समूहमा काम गर अथवा  अमेरिकाले सञ्चालन गरेको राज्य साझेदारी कार्यक्रमको अंग भएको हो की भन्ने आशंका उत्पन्न भएको बताए। अन्तराष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री पनि छलफलको लागि आउनुपर्ने माग राखे। प्रधानमन्त्रीको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भीर रहेको बताए।