August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

यो सरकार काँग्रेसको एकलौटी होइन, धेरै दाबी गर्न मिल्दैन : प्रधानमन्त्री देउवा

540

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार काँग्रेसको एकलौटी नभउको बताएका छन् । काँग्रेसको एकलौटी सरकार नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको प्रधानमन्त्री देउवाले बताएका हुन् ।

नेपाल टे«ड युनियन काँग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देउवाले नेपाल ट्रड युनियन काँग्रेसले उठाएका कतिपय माग पनि काँग्रेसको एकलौटी सरकार नभएकैले पुरा गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘एउटा कुरा के बुझ्नु प¥यो भने तपाईहरुले यो काँग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन । अरु कतिपय तपाईहरुले अति महत्त्वपूर्ण कुराहरु उठाउनु भएको छ । कतिपय बजेटमा आएका छन । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं ।’, प्रधानमन्त्री देउवाले भने ।

Advertisement