August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

आठ महिनामा हाम्रो पार्टी राष्ट्रव्यापी बन्न सफल भयो – नेता खनाल

370

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आठ महिनाभित्रै आफूहरुको पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर-१५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले बिद्रोहबाट गठन गरेको पार्टीले आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखेका हुन् ।

निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको भन्दै नेता खनालले काठमाण्डौ १५ जस्तै एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे।

Advertisement

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख विषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिएका थिए ।