August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

काठमाडौंमा ३० तलासम्मको भवन बनाउन दिनेगरि मन्त्री झाँक्रीद्धारा मन्त्रिपरिषद्मा प्रस्ताव

555

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा ३० तलासम्मको भवन बनाउन दिनेगरि प्रस्ताव गरेकी छिन् । हालै बसेको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो प्रस्ताव लगेको खुल्न आएको छ । उनले भवन निर्माण आचारसंहिता संशोधन गर्दै यस्तो प्रस्ताव लगेको बताईएको छ ।

यसअघि २०७३ सालमा भवन निर्माण आचारसंहितालाई संशोधन गरिएको बुझिएको छ । काठमाडौं उपत्यकामा ठूला गगनचुम्बी भवन बनाउन नहुने विज्ञहरुको सुझाव छ । खासगरी काठमाडौं उपत्कायमा भूकम्पको जोखिम भएकोले सोहीअनुसार भवन बनाउनुपर्ने हो ।

तर, मन्त्री झाँक्रीले भने यस्तो जोखिमको कुनै प्रवाह नगरी ३० तलासम्मको भवन बनाउन मिल्नेगरि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको खुलेको छ ।

Advertisement