August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

काठमाडौं महानगर प्रमुख साहबाट कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ

550

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बुधबार राष्ट्रियसभा गृहमा गरिएको पद तथा गोपनीयतको शपथ कार्यक्रममा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेयलसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । जेठ २४ गते राष्ट्रियसभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् ।

Advertisement

नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन् ।