August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटाला हुन सक्ने भीम रावलको आशंका

315

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

यस्तै, रावलले संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएको प्रति पनि असन्तुष्टि व्यक्त गरे ।

‘हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ?’ उनले प्रश्न गरे ।

Advertisement

विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि पनि उनले बताए ।