August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो: माधव नेपाल

325

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले सिफारिश गरेका नयाँ मन्त्रीहरु छिट्टै नियुक्त हुने बताएका छन् ।

मंलबार पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले नयाँ मन्त्रीहरुको सपथ केही दिन रोकिएको स्पष्ट पारे । उनले आफ्नो पार्टीले सचिवालयको बैठक राखेर यसबारे निर्णय गरेको र नयाँ मन्त्रीहरुको नाम पठाएपछि प्रधानमन्त्रीले नमान्ने कुरै नभएको बताए ।

Advertisement

पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा भएको समेत बताए ।