August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

आफ्नै पार्टीभित्रका केही चिप्ले ‘चोरहरू’ प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन्: मन्त्री आले  

410

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेले आफ्नै पार्टीका केही नेताहरूप्रति आफूलाई बद्‍नाम गर्न लागिपरेको बताएका छन् । मंगलबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

मन्त्री आलेले पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै आफूविरूद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाए।

आफूहरू ६ महिनाका लागि मन्त्री बनेको स्मरण गर्दै यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने आलेको भनाइ थियो ।

Advertisement

‘मन्त्रिमण्डल निर्माण गर्दानै ६ महिनाका लागि हामीलाई तोकिएको थियो। तर अहिले आठ महिना भइसक्यो। दुई महिना त हामीले ग्रेस मार्क पाइसक्यौं। मैले मेरो पार्टीका आदरणीय नेता माधवकुमार नेपाललाई त्यतिबेलै भनेको थिएँ अरू साथीहरूलाई मौका दिने इच्छा छ भने दिनुस्, म खुसी छु’, उनले अगाडि भने, ‘तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले किराहरू आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन्।’

यस्तै, आफूलाई कुनै मन्त्रीको लोभ नभएको भन्दै जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने आलेले बताए। उनले भने, ‘मलाई कुनै मन्त्रीको लोभ छैन। म जति दिन, जति समय यो कुर्सीमा बस्छु। देश र जनताको शीर ननिहुरिने गरी काम गर्छु । ‘