काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल थालेको छ । आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरबारे छलफल भएको हो ।
शनिबारदेखि चलिरहेको बैठकमा आज सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको र त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले बताएका छन् ।
उनका अनुसार मन्त्रीहरूलाई ६ महिना भनेर पठाइएको र ६ महिनाभन्दा बढी भएकाले शीर्ष नेताहरूबीच छलफल गरेर के कति हेरफेर गर्ने भन्नृ निर्णय हुनेछ । अहिले संघीय सरकारमा अहिले एकीकृत समाजवादीका एक राज्यमन्त्रीसहित ५ जना मन्त्री छन् ।