काठमाडौं – ओलीले संसद विघटन गरेसँगै नेकपामा अव नेकपा (ओेली) र नेकपा (प्रचण्ड) समूह भनेर चिन्नुपर्ने भएको छ ।
आइतबार प्रधानमन्त्री ओलीले आवेगमा आएर संसद् विघटन गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् ।
प्रचण्ड पक्षले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।
ओली पक्षले सोमबार बिहान नौ बजे बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको थिए । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको थियो ।
ओलीको कदमविरुद्ध आजै काँग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दैछ ।