July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

नेकपामा आजबाट ओली र प्रचण्ड समूह

1.6K

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै नेकपामा अव नेकपा (ओेली) र नेकपा (प्रचण्ड) समूह भनेर चिन्नुपर्ने भएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् ।

त्यसका लागि ओली पक्षले सोमबार बिहान नौ बजे बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । 

Advertisement