April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित

1.7K

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।

खरेलले नेपाली काँग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

त्यस्तै, गुरुङले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।

Advertisement