काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन् । काँग्रेसका रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै अधिकारी विजयी बनेका हुन् ।
मत परिणाम अनुसार अधिकारीले १० हजार ३ सय ४० र थापाले १० हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।
यस्तै, उपमेयरमा काँग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । तामाङले १० हजार १ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका ज्ञानमाया डङ्गोलले ९ हजार ५ सय १८ मत प्राप्त गरिन् ।
डङ्गोल अघिल्लो कार्यकालमा पनि टोखाको उपमेयर थिइन् । ३४ हजार ६ सय ७६ मतदाता रहेको टोखामा २५ हजार ५ सय ६३ मत खसेको थियो ।