May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

काठमाडौंमा मतान्तर बढाउँदै बालेन र सुनीता

320

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६७४ मतको अग्रता लिइरहेका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका हुन् ।

विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत पाए ।

गठबन्धनबाछ नेपाली कांग्रेसका नेतृ सिर्जना सिंहले ८६४ मत ल्याएर तेस्रो स्थानमा छन् । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।

Advertisement

त्यस्तै उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छन् । उनले निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

अहिले राष्ट्रिय सभागृहमा १,२,३,४ र ३२ वडाको मत गणना जारी छ ।