May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता

185

काठमाडौं । काठमाडौं महानगरपालिकामा पहिलो मतगणना परिणाम आउँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । वडा नम्बर १ र ३२ को जारी मतगणनाको प्रारम्भीक नजिता सार्वजनिक हुँदा शाहले २२ मत ल्याएका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् ।

वडा नम्बर १ मा हालसम्म ५० र वडा नम्बर २५ मा २५ मत गणना भएको छ । वडा १ बालेन शाह र सिंहको ११–११ मत प्राप्त गरेका छन् । सो स्थानमा स्थापितले ९ मत प्राप्त गरेका थिए । वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।

Advertisement