May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

स्याङ्जाको गाडी दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

310

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा १४ जनाको मृत्यु हुने गरी भएको गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा १४ जनाको मुत्यु भएको थियो ।

उक्त घटनाका मृतक परिवारजनप्रति समवेदनासमेत प्रकट गर्दै काँग्रेस कार्यवाहक मुख्यसचिव सचिव प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमार्फत देउवाले घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेको जनाइएको छ ।

Advertisement