May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

मतदान हुँदैन भन्ने केपी ओलीले पनि मतदान गर्नुभयो: प्रधानमन्त्री देउवा

175

काठमाडौं । प्रधानमन्त्री देउवाले चुनाव हुँदैन भन्ने केपी ओलीले पनि मतदान गरेका बताए । शुक्रबार मतदान गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भने, ’चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि पटकपटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले शुक्रबार मतदानपछि स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको बताए ।

Advertisement

सदरमुकामदेखि २४ किलोमिटर दूरीमा रहेको मतदान केन्द्रमा प्रधानमन्त्री देउवा हेलीकप्टरबाट मतदान गर्न पुगेका हुन् । उनी धनगढीबाट मतदान गर्न आफ्नो वडामा आइपुगेका हुन् ।