May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

अब देश दुई दलीय प्रणालीतर्फ जाने देखियो: केपी ओली

195

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताएका छन् । ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’, ओलीले भने ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रयास गरेको भन्दै त्यो असफल भएको बताए । ‘देउवाले आज डडेल्धुरामा मतदान गर्नुभयो । उहाँले अस्ती ९ वैशाखमा मात्रै चुनाव सारौँ भन्ने औपचारिक प्रस्ताव गर्नुभएको थियो । मैले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास हुँदैन भनेपछि उहाँ सार्ने मनसायबाट पछि सर्नु भएको हो,’ ओलीले भने ।

Advertisement

देउवाले गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताए । आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताए ।