May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

वाईसीएलका नेतामाथि खुकुरी प्रहार

470

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका– १ कौशिल्यानगरमा नेकपा माओवादी केन्द्र निकट वाईसीएलका एक नेतामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट वाईसीएल नेता राजु शाही घाइते भएका हुन् ।

घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न केही व्यक्तलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ धो संलग्न अन्यको पनि खोजी भइरहेको छ ।

Advertisement