May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

निर्वाचनको सबै तयारी पूरा, निर्धक्कसाथ मतदान गर्न आह्वान

275

काठमाडौं। स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो । 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरे । निर्वाचनको सबै तयारी पूरा भइसकेकाले निर्धक्क भएर मतदानमा सहभागी हुन थपलियाले मतदातालाई आग्रह गर्नुभयो । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था चुस्त र भरपर्दो बनाइएकाले निर्धक्कसाथ मतदानमा सहभागी हुन उनले आग्रह गरे ।  

निर्वाचन सम्पन्न गराउन सञ्चार माध्यमले उत्साहजनक सहयोग गरिरहेको र आगामी दिनमा पनि सो सहयोगको अपेक्षा व्यक्त गर्नुहुँदै थपलियाले सञ्चार माध्यमलाई धन्यवाद व्यक्त गरे । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउनमा मिडियाको भूमिका महत्वपूर्ण रहने उनले विश्वास व्यक्त गरे ।  

Advertisement