November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली कांग्रेसले आज तीन ठाउँमा सभा

2.2K

काठमाडौं : नेपाली कांग्रेसले आज तीन ठाउँमा चुनावी सभा आयोजना गर्दैछ। रुपन्देही तनहुँ र धनुषामा चुनावी सभा गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ।

सबै सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्। रुपन्देहीको बुटवलमा विहान ११ बजे हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता चक्रपाणि खनाल लगायतले सम्बोधन गर्ने बताइएको छ।  

बुटवलको सभा सकेर शीर्ष नेताहरु तनहुँको दमौलीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न पुग्नेछन्। प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु तनहुँबाट दिउँसो २ बजे धनुषाको जनकपुरमा हुने सभालाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

Advertisement

त्यहाँ कांग्रेसका शीर्ष नेताहरूसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम छ।