November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद् विघटन गर्न सिफारिस गर्ने सरकारको निर्णय

4K

काठमाडौं- सरकारले संसद् विघटनको सिफारिस गरेको छ। आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनका लागि सिफारिस गरेको ऊर्जामन्त्री वर्षमान पुनले पुष्टि गरे।

मन्त्रिपरिषदको बैठकले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले संसद्लाई नै विघटन गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गराएका हुन्। यसअघि सत्तारुढ नेपाकै संसदीय दलका ८३ सांसद्हरूले संसद् अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपतिलाई हस्ताक्षर बुझाउने प्रक्रिया सुरु गरेका थिए।

Advertisement