May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

बनेपा नगरवासीको पहिलो रोजाईमा शान्तिरत्न शाक्य

1.1K

काभ्रे । बनेपा/काभ्रे जिल्लाको आशन्न स्थानिय तहको निर्वाचनमा नगर तथा गाउँपालिकाबाट नेतृत्वका लागि विभिन्न पार्टिहरुका उम्मेदवारहरु घरदैलोमा छन् । यसै क्रममा नेपाली काँग्रेसका तर्फबाट बनेपा नगरको गठबन्धनका साझा उम्मेदवार शान्तिरत्न शाक्य पहिलो रोजाईमा देखिएका छन् ।

बनेपा काँग्रेसभित्र अहिले नगर प्रमुखको दौडमा रहेकामध्ये शाक्य अनुभवी, कुशल राजनैतिक छवि, व्यावसायीक सफलताको छवीका कारण सबैमाझ रुचाइएका छन् ।

बनेपाका चिरपरिचित व्यावसायी स्व.लक्ष्मी रत्न शाक्य र माता स्व. सानु शोभा शाक्य सुपुत्र शान्ति रत्न शाक्यको शैक्षिक योग्यता आई एस सि काठमाडौं भ्याली कलेज (हाल काठमाडौं विश्वविद्यालय) र स्नातक व्यवस्थापन संकायमा काभ्रे बहुमुखी क्याम्पसबाट उतिर्ण रहेको छ ।

Advertisement

३० वर्षभन्दा बढी नेपाली काँग्रेस तथा भातृ संस्थामा रहेर जिम्मेवारी पुर्वक काम गरेको अनुभव बटुलेका शाक्य पुर्व वडा अध्यक्ष हुन् । शाक्यको राजनैतिक अनुभव निकै लामो रहेको छ । नेकपा एस समाजवादीबाट उपमेयर रघुबर चौ प्रधान गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार रहेका छन् । सयुंक्त गठबन्धनका तर्फबाट विभिन्न नाराहरु घोषणापत्र मार्फत सार्वजनिक गरिएको छ ।

जसमा:
१)हाम्रो रहर सफा सहर !
२) एक बिपन्न परिवार, एक निःशुल्क धारा !
३) एक परिवार, एक रोजगार !
४)सक्रिय युवा, विकासमा टेवा !
५) विकासमा नारी, परिवर्तन जारी !
६) लोकतन्त्र विकासको आधार, सम्मृद्ध नगर हाम्रो उपहार !
७) बनेपाको श्रीबृद्धि, विकास र सम्बृद्धि !
८) सवल सक्षम र पारदर्शी स्थानीय सरकार !
९) स्वच्छ सम्मुनत सुसँस्कृत बनेपा, हाम्रो पहिचान हाम्रो शान !
गठबन्धनका तर्फबाट प्रतिबद्धता जारी भैसकेपछि नगरवासि थप हौसिएका छन् । नगर प्रमुखको उम्मेदवारको रुपमा मैदानमा देखिएका मध्ये शाक्य शान्त प्रकृतिका छन् ।

विद्यमान चुनौतीको सामनाको पर्यायको रुपमा रहेको, आफ्नै परिवेशमा आधारित आदर्शको जन्मदाता र समृद्ध लोकतन्त्रको मानचित्र बोकेको पार्टी र सो पार्टीबाट अभिभारा बोक्न सक्षम नेतृत्वले नै विद्यमान चुनौतीहरुको सामना गर्दै बलियो लोकतन्त्र समृद्धिको आधार, उत्तरदायि, कानुनी, पारदर्शी नगर हाम्रो उपहारको साथमा “हामी गर्छाैं (We Do)!”को प्रतिबद्धता सहित नेपाली काँग्रेस बनेपा नगर समिति उभिएको घोषणा पत्रमा उल्लेख छ ।
नेपाली काँग्रेसको कार्यकालमा भगिनीसम्बन्ध स्थापित भएको स्वशासित तिब्बतको सिगात्से नगरले एकपक्षीय रुपमा सहयोगको हात बढाइ रहँदा पनि एमाले नेतृत्वको न.पा.ले सिगात्सेसँग भगिनी सम्बन्ध सुदृढ गर्न पूर्णतया वेवास्ता गरेकोले सो सम्बन्धलाई नवीकरण गरी सुमधुर गरिनुको साथै अन्य सम्भावित विदेशका नगरहरुसँग भगिनी सम्बन्ध बनाई बनेपाको विकासमा अन्तर्राष्ट्रिय सहयोग र सद्भावना जुटाउने पहल गर्ने ।

हाम्रो रहर, सफा शहर ! को प्रतिबद्धता पुरा गर्न ‘फोहोरबाट मोहर’ बनाउने उद्देश्य अनुसार आधुनिक प्रविधिको प्रयोग तथा वातावरण मैत्री फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने ।
कर पुनरावलोकन गरी बैज्ञानिक, व्यवहारिक, जनमुखी तथा सरलीकृत कर प्रणाली लागू गर्ने ।
बनेपाको ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक पहिचान स्थलहरुको उत्खनन, अभिलेखीकरण तथा संरक्षणका लागि विशिष्ट कार्ययोजना निर्माण गरी उत्खनन् र संरक्षण गर्ने ।
स्वच्छ र सफा वातावरण निर्माण गर्न तथा सरसफाई अभिवृद्धि गर्नका लागि खानेपानी तथा स्रोत व्यवस्थापन गर्ने ।
विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरणको स्थानीय योजना निर्माण तथा कार्यान्वयन गर्दै वृहत न्एक् सर्वेक्षण पश्चात मात्र निश्चित क्षेत्रहरुमा सुरक्षित र व्यवस्थित बस्ति विकासको कार्यान्वयन गर्ने ।
साँगा भञ्ज्याङ, काँशी भञ्ज्याङ, नगरकोट, गोसाइकुण्ड, चप्लेटी, लामागाउँ, बासुकी पार्क तथा नागीडाँडा लगायतलाई विशेष पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक पूर्वाधार, ट्रेकिङ रुट तथा होमस्टेको रुपमा विकसित गर्ने ।
जिल्लाको मुख्य बजारका रुपमा नगरलाई व्यवस्थित गर्नका लागि वातावरण मैत्री उद्योगधन्दा स्थापना गर्ने तथा द्यगकष्लभकक ज्गद को धारणालाई व्यवस्थित गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने सक्षम उत्पादनका लागि लघु उद्यममा सहज वित्तीय व्यवस्थापनको सुविधा उपलब्ध गराउने ।
शिक्षित जनशक्ति विकास र परिवर्तनका आधार भन्ने मूल मान्यता भित्र प्राविधिक तथा वित्तीय साक्षरतामा जोड दिने ।
नगरपालिका तथा यस अन्तर्गतका सम्पूर्ण सामूदायिक निजी तथा सरकारी कार्यालयहरुमा सु-शासन कायम गर्नका लागि नागरिक वडापत्र, गुनासो–सुनुवाई संयन्त्र तथा सूचना अधिकारीको अनिवार्य व्यवस्था गर्ने । Hello Banepa को २४ सै घण्टा निःशुल्क सेवा सुचारु गर्ने ।
नेपाली काँग्रेसले गाउँ र नगरका युवाहरुलाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न एक “युवा उद्यमी विकास कोष” को कार्यान्वयन गर्ने ।
महिला नेतृत्व विकास तथा उद्यमशीलता अभिबृद्धिका लागि महिला नै पहिला कार्यक्रम सञ्चालन गर्ने लगाएतको ४२ बुदें प्रतिबद्धताहरु घोषण पत्रमा उल्लेख छ ।

को हुन् त बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य ?
नगर प्रमुख शाक्य राजनैतिक यात्रा सहितको उनको सामाजिक र व्यावासायीक यात्रालाई हामि हेर्न सक्छौं ।
नेपाली काँग्रेस बनेपा नगर कार्यसमिति– बि स २०४६ साल बाट राजनैतिक यात्रा सुरु गरेका साक्य विभिन्न पदमा रहि काम गर्दै आईरहेका छन् । भने । उनि साबिक बनेपा नगरपालिका पुर्व वडा अध्यक्ष समेत हुन्

स्वस्थ प्रतिस्प्रधामा आफुलाई उभ्याउन चाहने शाक्यले नगर प्रमुखमा आफ्नो दावेदारी प्रस्तुत हुनुले राजनैतिक वृत्तमा सकारात्मक सन्देश प्रभाह गरेको छ भने उनको राजनैतिक झुकाव सेवाभावबाट अभिप्रेरीत रहेको देख्न सकिन्छ । सफल व्यक्तिबाट सफल नगर बन्ने आशा नगरवासिमा रहेको छ ।

यस्ता छ शाक्यको घोषणापत्र:

आदरणीय नगरबासी दिदीबहिनी–दाजुभाइहरु,
नेपाली काँग्रेसको नेतृत्वको सरकारबाट संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलव्धि हो । यस संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात गरेको छ । सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, राजनीतिक र धार्मिक स्वतन्त्रता, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने नेपाली काँग्रेसको विचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको छ । यो उपलव्धिप्रति गर्व गर्दै नेपाली काँग्रेसले अब संघीय, समावेशी, लोकतान्त्रिक, गणतन्त्र नेपालको हालको संविधानले प्रत्याभूत गरेका बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको संवद्र्धनद्वारा लोकतान्त्रिक समाजवाद–उन्मुख समृद्ध नेपाल निर्माण गर्नेतर्फ देशलाई अघि वढाउनेछ ।
देश अहिले जनताका मौलिक अधिकारहरु संस्थागत गर्ने दिशामा अग्रसर छ । संविधानको कार्यान्वयनबाट मात्र यो अग्रसरताले परिणाम हासिल गर्नेछ । यो प्रक्रियाको पहिलो तर महत्वपूर्ण खुट्किलो स्थानीय तहको निर्वाचन हो । नेपाली काँग्रेसले स्थानीय लोकतन्त्र, सुशासन, समृद्धि र विकासलाई सधै केन्द्रमा राख्दै आएको छ । हामी संघीयतालाई शासकीय स्वायत्तताको शक्तिशाली उपकरण ठान्दछौं । यो उपकरणलाई जननिर्वाचित स्थानीय सरकारहरु मार्फत सबल, सुदृढ र संस्थागत गर्ने चुनौती र दायित्व अहिले हाम्रा सामु उपस्थित भएको छ ।
नेपाली काँग्रेस स्थानीय निर्वाचनको यस महत्वपूर्ण घडीमा विगतदेखि प्रारम्भ भएका लोकतान्त्रिक र सामाजिक रुपान्तरणका कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप नयाँ सामाजिक नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । बदलिँदो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सन्दर्भमा अबको सामाजिक नीति र कार्यक्रमहरुको सञ्चालन, राजनैतिक आस्थाको आधारमा नगरी सबै क्षेत्र, वर्ग, धर्म, लिंग, जात–जातिका विपन्न, बहिष्कृत, सीमान्तकृत समुदायहरुको क्षमता विकासमा सघाउ पु¥याउने एवं राज्यका स्रोत, साधन र अवसरमा तिनको पहुँच अभिबृद्धि गर्ने दिशातर्फ लक्षित हुनु पर्दछ भन्ने नेपाली कांग्रेसको अठोट रहेको छ ।
हाम्रा नाराहरु ।
१)हाम्रो रहर सफा सहर !
२)एक बिपन्न परिवार, एक निःशुल्क धारा !
३)एक परिवार, एक रोजगार ! ४)सक्रिय युवा, विकासमा टेवा !
५)विकासमा नारी, परिवर्तन जारी ! ६)लोकतन्त्र विकासको आधार, सम्मृद्ध नगर हाम्रो उपहार !
७) बनेपाको श्रीबृद्धि, विकास र सम्बृद्धि ! ८) सवल सक्षम र पारदर्शी स्थानीय सरकार !
९) स्वच्छ सम्मुनत सुसँस्कृत बनेपा, हाम्रो पहिचान हाम्रो शान !

आदरणीय नगरबासी दिदीबहिनी–दाजुभाइहरु,
तत्कालीन बनेपा न.पा. स्थानीय तहको पुनर्संरचनाका क्रममा ५ गुणाले विस्तारित भएको छ । यो विस्तार भुगोल वा क्षेत्रफलको मात्र विस्तार हैन विविधताको सदुपयोग, स्रोत र साधन तथा आर्थिक विकासका क्रियाकलापहरुको पनि विस्तार हो । ऐेतिहासिक, प्राकृतिक, धार्मिक तथा आर्थिक क्षेत्रहरुको विस्तार गर्दै समृद्धी सहित जीवनस्तर उकास्नका लागि थप स्रोत र साधन श्रम तथा बजार विकासको अवसर थपिएको छ ।
तीस वर्षभन्दा बढी लगभग ५ वर्ग कि.मी.मा रहेको बनेपा न.पा. झण्डै ११ गुणा बढी भएर पुर्नसंरचित भएको छ । साक्षरता, आर्थिक, सामाजिक क्रियाकलापमा देखिएको विद्यमान विविधतालाई समानुपतिक ढङ्गबाट समृद्ध, उन्नत र बलियो बनाउँदै लैजानुपर्ने हुन्छ । नेपालको संविधान २०७२ ले प्रदत्त गरेको विभिन्न २२ वटा अधिकार र सोको कार्यान्वयनका लागि वृहत्तर जनसहभागिता, चासो र सही विचारहरुको उचित कदर गर्दै उत्तरदायी, कानुनी तथा आर्थिक रुपले समृद्ध लोकतान्त्रिक नगर निर्माण चुनौतीपूर्ण देखिन्छ । सबल नेतृत्व काँधमा जिम्मेवारी, व्यवहारमा इमानदारी र मन—मस्तिष्कमा जनताप्रति बफादारी बोकेका सबल स्थानीय नेतृत्व नै अबको सबल, समृद्ध र बलियो लोकतन्त्रको मुख्य खम्बा हुन् । यी पक्षहरुको सबलता लोकतन्त्रको सफलतासँग बलियोसँग जोडिएका हुन्छन् । ।
विश्व इतिहासमा चुनौतीहरुको पहिचान गर्ने र यसको सामना गर्ने रणनीतिहरुसहित ‘जनता–पहिलो’ भन्ने अनुभूति गराउने शक्ति लोकतान्त्रिक शक्ति नै हो । चुनौती देखेपछि चुराफुटे झैँ फुट्ने एमालेप्रवृत्तिले लोकतन्त्रको बुईं चढेर जनहित गरेको देखिँदैन । तसर्थ विद्यमान चुनौतीको सामनाको पर्यायको रुपमा रहेको, आफ्नै परिवेशमा आधारित आदर्शको जन्मदाता र समृद्ध लोकतन्त्रको मानचित्र बोकेको पार्टी र सो पार्टीबाट अभिभारा बोक्न सक्षम नेतृत्वले नै विद्यमान चुनौतीहरुको सामना गर्दै बलियो लोकतन्त्र समृद्धिको आधार, उत्तरदायि, कानुनी, पारदर्शी नगर हाम्रो उपहारको साथमा “हामी गर्छाैं (ध्भ म्य)!”को प्रतिबद्धता सहित नेपाली काँग्रेस बनेपा नगर समिति तपार्इं सामु उभिएको छ ।

हाम्रा प्राथमिकताहरु
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको संस्थाको विकासका क्रममा भएको पहिलो स्थानीय निर्वाचनमा उत्साहपूर्वक सहभागिता र मत प्राप्त हुँदाहुँदै पनि बनेपा नगरको नेतृत्व नेपाली काँग्रेसले गर्न पाएन । विगत पाँच वर्षमा निर्वाचित नगर कार्य समिति र पदाधिकारीहरुबाट नगर विकासका उपलब्धिमूलक कार्यहरु सम्पादन भएको देखिंदैन । लगभग ५ वर्षको अवधिमा ५०० करोडभन्दा बढी विकास खर्च भएको देखाइएको छ तर जनजीविका शिक्षा, स्वास्थ्य, तथा पूर्वाधार निर्माण कार्यमा देखाउन लायकको प्रगति भएको देखिएको छैन ।
तत्कालीन नेपाली काँग्रेस नेतृत्वको न.पा.ले शुरु गरेको एकीकृत खानेपानी मार्फत नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने महत्वपूर्ण योजनामा एमाले नेतृत्वको न.पा.बाट कुनै पनि सार्थक पहल भएको देखिंदैन र यसैले सो योजनालाई अब हामीले ४ महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । बिगत ५ वर्षमा नगर क्षेत्र भित्रका स्रोत र साधन भित्रको समुचित प्रयोग गर्ने प्रयाससमेत भएको देखिंदैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा कर्मकाण्डी तरिकाले व्यवस्थापन गरेको देखियो । नेपाली काँग्रेसको कार्यकालमा भगिनीसम्बन्ध स्थापित भएको स्वशासित तिब्बतको सिगात्से नगरले एकपक्षीय रुपमा सहयोगको हात बढाइ रहँदा पनि एमाले नेतृत्वको न.पा.ले सिगात्सेसँग भगिनी सम्बन्ध सुदृढ गर्न पूर्णतया वेवास्ता गरेकोले सो सम्बन्धलाई नवीकरण गरी सुमधुर गरिनेछ । र अन्य सम्भावित विदेशका नगरहरुसँग भगिनी सम्बन्ध बनाई बनेपाको विकासमा अन्तर्राष्ट्रिय सहयोग र सद्भावना जुटाउने पहल गरिनेछ ।
एमाले नेतृत्वको न।पा।ले शिक्षण संस्थाहरुमाथि राजनैतिक प्रतिशोधका आधारमा दमन र संरचनाहरु भत्काउने कार्यहरु गरेको देखियो । त्यस्तै गरी फोहरमैला व्यवस्थापनका लागि हाल उपलब्ध जग्गा र सम्भावित आधुनिक प्रविधिलाई प्रयोग नगरी घनाबस्तीको बीचमा फोहर थुपार्ने योजना कार्यान्वयन गर्न खोजियो र सो क्रममा बलजफ्ती निर्णय लागू गर्न निरंकुशता प्रदर्शन गरियो । साथै स्थानीय जनसमुदायलाई हदैसम्म आतंकित गर्ने कार्य भयो । यसको बिपरित हामी स्थानीय सरोकारवालाहरुको सहमतिमा फोहोर मैला व्यवस्थापनका लागि हाल उपलब्ध जग्गा र आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
त्यसैगरी विगत ५ वर्षमा नगरवासीहरुसँग प्रत्यक्ष सम्बन्ध राख्ने शीर्षकहरुमा करिब ३०० प्रतिशतभन्दा बढी कर बृद्धि गरी करदाताहरुको ढाड सेक्ने कार्य गरियो । यसलाई हामी कर पुनरावलोकन गरी बैज्ञानिक, व्यवहारिक, जनमुखी तथा सरलीकृत कर प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
गत कार्यकालमा राष्ट्रिय गौरवका कुनै पनि योजनाहरु सञ्चालन भएनन् र त्यसप्रति विगतको स्थानीय एमाले सरकार मूलतः अनुदार रह्यो । तात्कालीन नेपाली काँग्रेस नेतृत्वबाट शुरु गरिएको पुण्यमाता करिडोरको कार्यक्रममा राजनैतिक आस्थाका आधारमा विभेद र दमन गर्न खोज्दा अलपत्र छाड्नुपर्ने अवस्था आफ्नै अयोग्यताले सिर्जना गरेको पुष्टि भैसकेको छ । यसको उदाहरण स्वरुप करिडोरको सम्बन्धमा पीडामा परेका स्थानीय समुदायबाट १५० भन्दा बढी मुद्दा दर्ता भएको छ । यस सम्बन्धमा व्यापक स्थानीय जनसहभागितामा सम्बन्धित जग्गाधनीलाई पीरमर्का नपर्ने गरी समाधान गरिनेछ ।
विगत ५ वर्षमा बनेपाको ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक पहिचान स्थलहरुको उत्खनन, अभिलेखीकरण तथा संरक्षणका लागि कुनै सार्थक पहल भएनन् । बरु भएका पुरातात्विक महत्वका क्षेत्रहरुलाई विगार्ने कार्य गरियो । यस सम्बन्धमा हामी विशिष्ट कार्ययोजना निर्माण गरी उत्खनन् र संरक्षण गर्नेछौं ।
एमाले नेतृत्वको न।पा।ले व्यापारिक नगरीका रुपमा पाएको पहिचान समेत धुमिल हुनेगरी व्यापार तथा वाणिज्य क्षेत्रमा कुनै पनि विशेष कार्यक्रमहरु सञ्चालन गरेनन् । वि.सं.२०७० सालमा काभ्रे उद्योग वाणिज्य संघसँगको व्यावसायिक कर उठान सम्बन्धमा भएको सम्झौतालाई कार्यान्वयन तथा निरन्तरता नदिई व्यावसायिक जगतलाई चिढाउने कार्य गरियो । सिंगो नगर संयन्त्र पारदर्शीता सु–शासनका सूचकहरुमा अनुदार रह्यो । बृहत बनेपालाई स्वीकार गर्न नसकेको कुरा बजेट बिनियोजनमा बिचार र भेगका आधारमा गरिएको असमान वितरण नै काफि छ ।
त्यस्तै कोभिड—१९ को महामारीबाट जोगिन वितरण गरिएको विभिन्न भ्याक्सिनहरु आफ्नै एमाले कार्यकर्ताहरु र आफन्तहरुलाई मात्र वितरण गरी नगरवासीको अमुल्य जीवनसँग अक्षम्य खेलवाड गरियो ।

विवरण हालको अवस्था
(बनेपा न.पा., आवधिक योजना २०७८ अनुसार) हाम्रो प्रतिबद्धता (५ वर्ष भित्र)
जम्मा जनसंख्या ६७६२९ व्यवस्थित गर्ने
बैंक तथा वित्तीय संस्थाको संख्या ८५ १००
विषयगत सहकारी संस्था २२० २५०
उद्योगहरु ४३२९ ५०००
(सबैलाई दर्ता गराई करको दायरामा ल्याउने)
सामुदायिक विद्यालय ३१ गुणस्तर अभिबृद्धि गर्ने
संस्थागत विद्यालय ४० छात्रबृत्तिलाई नियमित गर्ने
स्वास्थ्य संस्था ८ सरकारी,
२२ गैर सरकारी सेवाको गुणस्तरमा अभिबृद्धि गरी सि.एस.आर. सुनिश्चित गर्ने
पक्की सडकको पहुँच ३०% ७०% पु¥याउने
कच्ची सडकको पहुँच ६०% ३० % मा झार्ने
सडकको पहँुच बाहिर १०% ० % मा झार्ने
इन्टरनेटको पहुँच ७.०७% १००% पु¥याउने
बनजंगल क्षेत्र २९.८३% संरक्षण गर्ने तथा जनजिविकाको अभिन्न अंग बनाउने
कृषि क्षेत्र ५७.९८% आधुनिकीकरण र बजार संयन्त्रसँग जोड्ने
आन्तरिक आय ११.७४% २५% पु¥याउने
प्रति व्यक्ति आय ८३० डलर १४०० डलर
औषत आयु ७०.८७ वर्ष ७६ वर्ष
बेरोजगारी दर १६% ० %
कालो पत्रे सडक २२.५ कि.मि. १५५ कि.मी.
साक्षरता दर ८१.३२% १००%
धाराको पानीको सुविधा प्राप्त घर धुरी ७८.३२% १००%
स्थानीय तहको सेवाबाट बञ्चित समुदाय ३२.१% ०%
बैक तथा बजार केन्द्रमा पुग्न लाग्ने औषत समय ३०मिनेट १० मिनेट
आप्mनै स्वामित्वको आवास भएका घरधुरी ७३.८६% १००%
सुरक्षित आवासमा बसोबास गर्ने ६०% १००%
शौचालय भएका घरधुरी संख्या ९३.३८% १००%
वार्षिक आयमा बृद्धि २७.६०% ५७%
सिंचाईको सुविधा प्राप्त जमिन ३०.३९% ७०%
विद्युतको पहुँच ९७.२३% १००%

सडक सञ्जाल विस्तार
सामाजिक, आर्थिक विकासको एउटा आधारशीला मानिने सडक सञ्जालको विस्तार गर्नेछौँ ।
१) बनेपा—नाला हुँदै भक्तपुरसम्मको सडकको स्तरोन्नति गरी वैकल्पिक राजमार्गका रुपमा स्थापित गर्नेछौँ ।
२) नालासँग नगरकोट, अनेकोट र पाँचखालसम्मको सहज सडक पहुँचको विस्तार गर्नेछौँ ।
३) बनेपा–रविओपी सडक, भैसेपाटी–साँगा–खाल्चोक–आशापुरी सडकको स्तरोन्नति गर्दै पर्यटकीय सडक विस्तार गर्नेछांै ।
४)सडक सञ्जाल विस्तार गर्दा अपाङ्गमैत्री फुटपाथ, खानेपानी तथा ढल निकासलाई एकैपटक व्यवस्थित गर्नेछौँ ।
५) नगर क्षेत्रमा विस्तारित सडक सञ्जाल भित्र नगर बस तथा माइक्रो बसहरु पर्याप्त चल्न सक्ने व्यवस्थालाई सुनिश्चित गर्नेछौँ ।
६) भैसेपाटी–कोटथुम्का–बाँसडोल–पनौती सडक स्तरोन्नति गरी वैकल्पिक मार्गको रूपमा विकसित गरिनेछ ।
७) नाला—रायगाउँ—थापागाउँ—जनागाल—स्यालगैरा हुँदै साँगा जोड्ने सडक निर्माण गरिनेछ ।
८) नगरभित्रका सबै कच्ची सडकहरुलाई पक्की सडकको रुपमा विकसित गरिनेछ ।

इतिहास र संस्कृति
बनेपाको ऐतिहासिक र साँस्कृतिक पक्षहरुको उजागर गर्दै अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अनुसन्धान तथा प्रबोधीकरण गर्न एक विशिष्ट संयन्त्र स्थापना गरिनेछ ।
१) मठ मन्दिर, इनार, जात्रा, पर्व तथा मेलाहरुलाई सुव्यवस्थित बनाउन हिन्दू, बौद्ध, किराँत तथा अन्य धर्मालम्बीहरुका लागि धार्मिक साँस्कृतिक पर्यटन नगरीको रुपमा विकास गर्न आवश्यक सम्पूर्ण पूर्वाधारहरुको व्यवस्थापन गरिंदै लगिनेछ ।
२)बृहत बनेपाको अवधारणा भित्र सबै वडा समुदाय र क्षेत्रहरुलाइ यथोचित सम्बोधन गर्ने गरी ऐतिहासिकता र साँस्कृतिक पक्षहरुको विकास गरिनेछ ।
३) स्वधाटोल भित्र श्री तलेजु आगं छेँ, भोलाखा टोलको क्वाँथः, दछुटोल लायकु दरबार, नालाको चैत्य लगायत लिच्छवीकालीन सम्पदाहरु, साँगाको कोट, आशापुरेश्वर महादेव लगायत सबै पुरानो मन्दिर, पाटी ल्वहँ हिटी, ध्वाखा (ढोका), पोखरीलाई पुरानै शैलीमा जिर्णोद्धार गरिनेछ ।

खानेपानी, स्वास्थ्य तथा स्रोत व्यवस्थापन
स्वच्छ र सफा वातावरण निर्माण गर्न तथा सरसफाई अभिवृद्धि गर्नका लागि खानेपानी तथा स्रोत व्यवस्थापन गरिनेछ ।
१) न्एक् मोडेलबाट विस्तृत स्रोत पहिचान गरी दीर्घकालीन स्रोत प्रयोग व्यवस्था गरिनेछ । विपन्न वर्गका परिवारहरूलाई शौचालय निर्माण गर्न थप अनुदान दिइनेछ ।
२) एक विपन्न परिवार ः एक निःशुल्क धारा कार्यक्रम पाँच वर्षका लागि ल्याइनेछ ।
३)सबैका लागि स्वस्थकर खानेपानी सुनिश्चित गर्न सबै बस्तीहरूमा सुरक्षित खानेपानी पु¥याइनेछ ।
४) खानेपानीका मुहानहरूको संरक्षण र खानेपानीको गुणस्तर कायम गर्न सरसफाइ कार्यक्रम निर्देशित हुनेछन् । पानीजन्य रोग निर्मुल बनेपा नगर बनाइनेछ ।
५) सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परिक्षण र आधारभूत उपचारको व्यवस्था गरिनेछ र स्थायी रुपमा नर्सिङ सेवा र सुविधा उपलब्ध गराइनेछ ।
६) नगर क्षेत्रमा १५ शैयाको सुविधा सम्पन्न नगर अस्पताल यथासिघ्र निर्माण गरिनेछ । साथै २०० शैयाको अस्पतालको लागि आवश्यक पहल गरिनेछ ।
७) बनेपा नगरपालिका भित्र रहेको अपाङ्गता भएका व्यक्तिहरुलाई सुलभ उपचार तथा व्यवस्थापनका लागि एच.आर.डी.सी. हस्पिटल तथा स्पाइनल इन्जुरी हस्पिटलसँग समन्वय गरिनेछ । विपन्न परिवारहरुको निःशुल्क स्वास्थ्य विमा गरिनेछ ।
८) सबै वडाहरुमा योग केन्द्रहरुको विस्तार गरी प्रभावकारी रुपमा सञ्चालनका लागि जोड दिइनेछ ।

फोहोरमैला व्यवस्थापन
हाम्रो रहर, सफा शहर ! को प्रतिबद्धता पुरा गर्न ‘फोहोरबाट मोहर’ बनाउने उद्देश्य अनुसार आधुनिक प्रविधिको प्रयोग तथा वातावरण मैत्री फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिनेछ । हाल निर्माण भएका पुर्वाधारलाई सञ्चालनयोग्य बनाई ढल निकासलाई थप व्यवस्थित गर्दै निश्चित किसिमका फोहोरहरुको वर्गीकरण गरी संकलन जस्तैः प्लाष्टिकजन्य फोहोर रि–साइकल गर्ने व्यवस्था गरिनेछ । यसका लागि अलग्गै फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरिनेछ ।

सुरक्षित तथा व्यवस्थित बस्ति विकास
विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरणको स्थानीय योजना निर्माण तथा कार्यान्वयन गर्दै वृहत न्एक् सर्वेक्षण पश्चात मात्र निश्चित क्षेत्रहरुमा सुरक्षित र व्यवस्थित बस्ति विकासको कार्यान्वयन गरिनेछ । यस कार्यक्रमकालागि निजि क्षेत्रको लगानीलाई पनि आमन्त्रित गरिनेछ । । विद्यमान वस्तिको अवस्थालाई सुधार गरिनेछ ।
१) वस्ति क्षेत्रमा मनोरञ्जन पार्क तथा धार्मिक पर्यटकीय स्थानहरुको संरक्षण, सम्वद्र्धन तथा सदुपयोगको व्यवस्थालाई बलियो बनाइनेछ ।
२) एम्बुलेन्स, शवबहान तथा दमकलको व्यवस्था निःशुल्क गरिनेछ ।
३) अपाङ्गता भएका व्यक्तिहरुका लागि एक सुरक्षित आवास गृह निर्माण गरिनेछ ।
४) काठका विद्युतीय पोलहरु पूर्णतः विस्थापन गरिनेछ ।
५) सहरी क्षेत्रका अव्यवस्थित तारहरु हटाइ नगर शौन्दर्यकरणमा जोड दिइनेछ ।

पर्यटन विकास
साँगा भञ्ज्याङ, काँशी भञ्ज्याङ, नगरकोट, गोसाइकुण्ड, चप्लेटी, लामागाउँ, बासुकी पार्क तथा नागीडाँडा लगायतलाई विशेष पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक पूर्वाधार, ट्रेकिङ रुट तथा होमस्टेको रुपमा विकसित गरिनेछ ।
१) नाला, बनेपा, साँगा लगायतका क्षेत्र, मुख्य मठ मन्दिरहरु, चैत्य, गुम्बा, बहाल, पाटीहरु जिर्णाेद्धार, स्तरोन्नति तथा धार्मिक पर्यटनका विशेष क्षेत्रहरुका रुपमा विकसित गरिनेछ ।
२)वन क्षेत्रको सुधार तथा संरक्षण गर्नका लागि विशेष संरक्षित क्षेत्र, पंक्षी चिडियाखाना तथा वनस्पति प्रदर्शन केन्द्रहरुको स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी तुरुन्त कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ ।
३)चण्डेश्वरी मन्दिर आसपास र ओपी डाँडालाई पिकनिक स्पटका रुपमा तथा बनेपा गोसाइस्थानको नैमिषारण्य क्षेत्रलाई धार्मिक पर्यटन स्थलका रुपमा विकसित गरिनेछ।
४) स्थानीय लोक संस्कृतिको संरक्षण, संवद्र्धन एवम् वातावरण संरक्षण आदिमा स्थानीय महिला समूह तथा स्वयंसेवी युवा क्लवहरुलाई परिचालन गरिनेछ ।
५) युवाहरुलाई नै लक्षित गरी दोभाषे र पर्यटक गाइडको तालिम दिइनेछ ।
६) प्रत्येक वडामा कम्तिमा एउटा सामुदायिक पर्यटन सूचना र सेवा केन्द्र स्थापना गरिनेछ । यस केन्द्रबाट पर्यटकीय सेवा र सूचनाका अतिरिक्त स्थानीय हस्तकलाको प्रर्दशन तथा बिक्री कार्य सञ्चालन गरिनेछ ।
बजार प्रवद्र्धन तथा आर्थिक विकास
जिल्लाको मुख्य बजारका रुपमा नगरलाई व्यवस्थित गर्नका लागि वातावरण मैत्री उद्योगधन्दा स्थापना गर्ने तथा द्यगकष्लभकक ज्गद को धारणालाई व्यवस्थित गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने सक्षम उत्पादनका लागि लघु उद्यममा सहज वित्तीय व्यवस्थापनको सुविधा उपलब्ध गराइनेछ ।
१) नगर क्षेत्रका अलावा जोडिएका अन्य नगर तथा गाउँपालिकाहरुसँगको समन्वयमा एक गाउँः एक उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गरिनेछ । पराम्परागत कृषि प्रणालीबाट व्यावसायिक कृषि उत्पादन तर्फ अगाडि बढाउन किसानहरुलाई अभिप्रेरित गरिनेछ ।
२)कृषि तथा पशुपालन व्यवसायको जोखिम न्यूनीकरणका लागि बाली तथा पशु बीमा कार्यक्रममा सहभागी हुन किसान क्लवहरुको गठन गर्नेछ । यी क्लवको माध्यमबाट उन्नत कृषि बाली सम्वन्धी जानकारी, नयाँ प्रविधि प्रयोग, कृषक अध्ययन अनुभव भ्रमण जस्ता सिर्जनात्मक काम सम्पन्न गरिनेछन् ।
३) महिला केन्द्रित किसान क्लव र सहकारीहरु मार्फत प्राङ्गारिक तरकारी उत्पादनमा विशेष पहल हुनेछ ।
४) नगरमा रहेको आयुर्वेदिक केन्द्रलाई प्रभावकारी व्यवस्थापन गरिनेछ ।
५) औद्योगिक क्षेत्र विस्तार तथा समायोजनको कार्य ढाँचा निर्माण तथा कार्यान्वयन गरिनेछ ।
६) उन्नत नश्लका पशुपालनलाई विशेष अनुदान मार्फत प्रबद्र्धन गरिनेछ ।

आधारभूत, माध्यमिक तथा उच्च शिक्षा
शिक्षित जनशक्ति विकास र परिवर्तनका आधार भन्ने मूल मान्यता भित्र प्राविधिक तथा वित्तीय साक्षरतामा जोड दिइनेछ । प्रत्येक विद्यालयले प्रत्येक वर्ष त्चबअभच क्तगमथ गरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ । प्रत्येक विधामा (संकायमा) इन्टर्नसिपको लागि आवश्यक संस्थाहरुसँग समन्वय गरिदै जानेछ र त्भ्ख्त् लाई शिक्षित जनशक्तिको पर्याय बनाइनेछ ।
१) विद्यालय वा शैक्षिक प्रतिष्ठानका नाममा रहेका तथा प्रयोगमा नआएका जग्गाहरुको प्रतिफलमा आधारित उपयोग गराई विग स्कुलको आधार निर्माण गरिँदै लगिनेछ ।
२)माध्यामिक तहको शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क, गुणस्तरीय र समयसापेक्ष बनाउँदै लगिने छ । पढ्दै कमाउँदै र गरिखाने शिक्षा जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।
३)बनेपा नगरपालिका भित्र सिभिल इन्जिनियरिङ्ग सहित सूचना प्रविधि, कृषि पशु विज्ञान, अटोमोबाईल जस्ता प्राविधिक विषयहरुको अध्यापनलाई क्रमश अनिवार्य गर्दै लैजाने व्यवस्था गरिनेछ ।
४)नगर क्षेत्र भित्रका पब्लिक क्याम्पसहरुलाई त्तब्ब् प्रमाणीकरण तथा नवीकरणका लागि आवश्यक सहयोग हुने तथा उपयुक्त हुने क्षेत्रहरुलाई केन्द्रीत गरी स्नातक तथा स्नातकोत्तर तहमा स्वायत्त ढंगले पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने अधिकारलाई सुनिश्चित गरिनेछ ।
५) नगर क्षेत्रभित्रका पब्लिक क्याम्पसमा द्यद्यब्, द्यक्अ।९ऋक्क्ष्त्०, द्यभ् लगायतका कार्यक्रमहरु सञ्चालन गर्न सहयोग गरिनेछ ।
६) बनेपा न.पा.—१३ स्थित श्री चक्रज्योति मा.वि.को २६ रोपनी जग्गामा एक पशु प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।
७) बनेपा गोसाइस्थान स्थित नैमिषारण्यलाई बैदिक तथा गुरुकूल शिक्षाको नमुना शिक्षालयको रुपमा विकसित गरिनेछ ।
८) बाल अधिकार सुनिश्चित गर्र्दै बालश्रममुक्त एवम् बालमैत्री नगर निर्माण गरिनेछ ।
९) ‘एक शिक्षक ः एक ल्यापटप’ प्रदान गर्ने कार्यक्रम ल्याइनेछ र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
१०) उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रबृत्ति र विद्धतबृत्ति प्रदान गरिनेछ ।
११) विशेष विद्यालयको व्यवस्थापन गरिनेछ ।

सक्षम, सबल, पारदर्शी, जवाफदेही र उत्तरदायि स्थानीय सेवा
नगरपालिका तथा यस अन्तर्गतका सम्पूर्ण सामूदायिक निजी तथा सरकारी कार्यालयहरुमा सु—शासन कायम गर्नका लागि नागरिक वडापत्र, गुनासो–सुनुवाई संयन्त्र तथा सूचना अधिकारीको अनिवार्य व्यवस्था गरिनेछ । ज्भििय द्यबलभउब को २४ सै घण्टा निःशुल्क सेवा सुचारु गरिनेछ ।
१) प्रत्येक कार्यालयले वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गर्नुपर्ने छ ।
२) सार्वजनिक सुनुवाईलाई योजना निर्माण प्राथमिकीकरण तथा योजना कार्यान्वयनको कार्य ढाँचा निर्माणको अभिन्न अङ्ग बनाइनेछ ।
३) सामाजिक उत्तरदायित्व प्रवद्र्धन विज्ञको व्यवस्था गरिनेछ ।
४) निर्णय निर्माणका तहलाई कम गर्दै सेवा–प्रवाहलाई छिटो–छरितो र परिणाममुखी बनाउनका लागि प्रत्येक वर्ष घरधुरीको क्तबतगक ग्उमबतभ गरिनेछ ।
५) जनताको माग र आवश्यकता अनुसार आयोजनाहरुको छनौट र निर्माण प्रक्रिया प्रभावकारी बनाइनेछ । यसबाट विकास–निर्माणका काम छिटो–छरितो, कम खर्चिलो र परिणाममुखी हुनेछन् ।
६)क्तबतगक गउमबतभ का आधारमा सामाजिक सुरक्षा कार्यक्रम, आयोजना–परियोजनाहरुको छनौट तथा स्विकृति, बेरोजगारको तथ्याङ्क संकलन जस्ता कार्यहरु अगाडि बढाइनेछ ।
७) प्रत्येक वडामा सहयोग कक्ष स्थापना गरि सम्पूर्ण कार्य वडा तहमा नै सम्पन्न गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
८) भ्रष्टाचार प्रतिको शून्य सहनशिलता कायम गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ।

युवा लक्षित कार्यक्रम:
नेपाली कांग्रेसले गाउँ र नगरका युवाहरुलाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न एक “युवा उद्यमी विकास कोष” को कार्यान्वयन गर्नेछौं ।
१) नवीन सोच सहितको युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवाहरुलाई लक्षित गरी २५+२५+५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइनेछ । यो वित्तीय लगानी कार्यक्रममा २५ प्रतिशत अंश युवा उद्यमीको आफ्नै लगानी, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता रहनेछ ।
२) प्रत्येक वडामा कम्तिमा एउटा युवा क्लवको स्थापना गरी सक्रिय युवा आजको आवश्यक्तालाई चरितार्थ गरिनेछ ।
३) युवाक्लवहरुको गठनमा खेलकुद तथा अन्य विशिष्टता जस्तै सीप विकास, प्रविधि, प्रविधि हस्तान्तरण, जनचेतना, सरसफाई तथा नगर विकासलाई प्रवद्र्धन गरिनेछ ।
४) युवा क्लवका प्रतिनिधिलाई नगर विकास कार्ययोजना निर्माण तथा जनगुनासोको समाधानमा अभिन्न अंगको रुपमा परिचालन गरिनेछ ।
५)बनेपा नगरभित्रका विभिन्न सामाजिक संघसंस्था एवम् व्यावसायिक संघसंस्थाहरुलाई नगर विकासका साझेदार बनाइनेछ ।
६) खुल्ला ब्यायामशाला स्थापना र सञ्चालनलाई प्रोत्साहित गरिनेछ ।
७) नगरस्तरीय खेलकूद प्रबद्र्धन गर्नर मेला महोत्सव आयोजनाको लागि क्षेत्रीय स्तरको खेल मैदान निर्माण गरिनेछ ।
८) नगरपालिकाको सेवा प्रवाहलाई पेपरलेस बनाउने प्रक्रियालाई अगाडि बढाइने छ ।
९) नगरपालिका क्षेत्रभित्र एक सभा भवन निर्माण गरी सञ्चालन गरिनेछ ।

महिला लक्षित कार्यक्रम:
महिला नेतृत्व विकास तथा उद्यमशीलता अभिबृद्धिका लागि महिला नै पहिला कार्यक्रम सञ्चालन गरिनेछ ।
१) नगर विकासका समुदाय तहदेखि नगर तहसम्मका कार्यक्रमहरुमा ५१ प्रतिशत महिला सहभागिता सुनिस्चित गरिनेछ ।
२) एकल महिला, महिला उद्यमी, महिला शसक्तिकरण तथा महिला अधिकार उन्नयनका लागि विकासमा नारी परिवर्तन जारी जस्ता कार्यक्रमहरु निरन्तर सञ्चालनमा रहनेछन् ।
३) दलित, अपाङ्गता भएका, वञ्चितीकरणमा परेका तथा विपन्न वर्गका महिलाहरुलाई उमेर, योग्यता र क्षमताका आधारमा रोजगारी प्रदान गरिनेछ ।
४) ‘एक परिवार ः एक रोजगार’ कार्यक्रम सञ्चालन गरिनेछ ।
५) ‘स्थानीय निर्वाचनमा कांग्रेसको जीत ः महिला अधिकार सुनिश्चित’ कार्यक्रम सञ्चालन गरिनेछ ।

अन्य प्रतिबद्धताहरू :
१) बनेपा नगरपालिकाका सम्पूर्ण वडा समितिहरुले प्रकाशित गरेका प्रतिबद्धतापत्रमा उल्लेखित कार्यक्रमलाई पूर्णरुपमा कार्यान्वयन गरिनेछ ।

२) जेष्ठ नागरिकका लागि वृद्धभत्ता घरमै पु¥याउने व्यवस्था गरिनेछ साथै निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिनेछ ।
३) कृषि, वन विज्ञान, पशु विज्ञान, अटोमोबाईल जस्ता प्राविधिक क्षेत्रका अध्ययन केन्द्रहरु स्थापना गरिनेछन् ।
४) व्यवस्थित बस्ति विकासको नमुनाका रुपमा उपयुक्त स्थानमा नमुना बस्ति निर्माण गरिनेछ ।
५) भुकम्प पीडित र भुमिहीन घरपरिवारलाई सिपमुलक तालिम प्रदान गरी सरल कर्जा मार्फत व्यवसाय सुरु गर्न मद्दत गरिनेछ । भुकम्प पीडितहरुका लागि आवश्यकता अनुसार थप अनुदान वितरण गरिनेछ ।
६) बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षाको व्यवस्था गरिनेछ ।
७) साविक टुकुचा, उग्रचण्डी, महेन्द्रज्योति, उग्रतारा जनागाललाई विशेष कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरी व्यवसायिक कृषि तथा पशुपालनद्वारा आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रमहरु तत्काल कार्यान्वयन गरिनेछ ।
८) समुदायदेखि नगर तहसम्म ५१ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनेछ ।
९) बनेपा नगरलाई फुस र खरका छाना मुक्त सुन्दर नगर बनाईने छ । यसका लागि त्यस्ता घरधनीहरुलाई नगरपालिकाले निःशुल्क जस्ता पाता दिइनेछ ।
१०)बाटो काट्न आवश्यक स्थानमा आकाशेपुल तथा अन्य सुरक्षित वैकल्पिक उपायहरु अपनाइनेछ ।
११)व्यवसायलाई वर्गिकरण गरी सोहि अनुरुप करको दायरा निर्धारण गरिनेछ । सम्पत्ति करमा बार्षिक रु.१ हजारसम्मका कर तिर्ने करदाताहरुलाई पुरा कर छुट गरिनेछ र सो भन्दा माथिका लागि ५०% सम्म कर छुट गर्न सक्ने व्यवस्था गरिनेछ ।
१२)निजीक्षेत्रको सहकार्यमा सुविधासम्पन्न पशु बधशाला निर्माणका लागि उपयुक्त व्यवस्था मिलाई सञ्चालनमा ल्याइनेछ ।
१३) प्रत्येक वडामा कानुनी साक्षरता अभियान सञ्चालन गरिनेछ ।
१४)विपन्न घरपरिवारलाई विपन्न कार्ड उपलब्ध गराई शिक्षा स्वास्थ्य रोजगारी तथा करका क्षेत्रमा निःशुल्क सेवा प्राप्त गर्ने व्यवस्था गरिनेछ ।
१५)प्रत्येक वडामा एक÷एक सामूदायिक अध्ययन केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ ।
१६)सिक्रे दोभानमा पर्यटकीय जलक्रिडास्थल निर्माण गरिनेछ ।
१७)बृहत बनेपाका सम्पूर्ण क्षेत्र जोडिने चक्रपथ निर्माण गरिनेछ ।
१८)निःशुल्क एम्बुलेन्स शववाहन तथा दमकलको व्यवस्था गरिनेछ ।
१९)घनावस्ति र व्यस्त चोकहरुमा निःशुल्क वाइफाइको व्यवस्था गरिनेछ ।
२०)बनेपा नगरभित्र अग्र्यानिक उत्पादनलाईजोड दिइनेछ, यसलाईप्रोत्साहन गर्ननगरपालिकाले विभिन्न सेवासुविधाको ब्यवस्था गर्नेछ
२१)प्रत्येक वडामा र मानिसको बाक्लो आउजाउ हुने ठाउँमा निःशुल्क खानेपानी स्टेशन राखिनेछ
२२) खाल्चोकदेखि बाँसडोलको माथिल्लो वनक्षेत्रलाई भ्अय एबचप को रुपमा विकसित गरिनेछ ।
२३)सामुदायिक विद्यालय र कलेजको स्तरोन्नतिको लागि नगरपालिकाको प्रत्यक्ष सहभागितामा आवश्यक व्यवस्था मिलाइनेछ
२४)सार्वजनिक स्थानमा व्यक्तिगत सामान राख्न दिइने छैन । बजार तथा सडक सौन्दर्यकरणमा जोड दिनेछ ।
२५) स्वच्छ वातावरणको लागि सडक क्षेत्र एवं अन्य आवश्यक क्षेत्रमा बढीभन्दा बढी वृक्षारोपन गरिनेछ
२६) नगरवासीबाट गरिने पेशा व्यवसायलाइ अनिवार्य अभिलेखीकरण गरिनेछ र औपचारिक क्षेत्रमा समाहित गरी नगरको आर्थिक स्रोत बढोत्तरी गरिनेछ ।
२७) प्रत्येक वडामा खेलमैदान र कभर्डहल, बालउद्यान, ज्येष्ठ नागरिक उद्यान, खुल्ला व्यायामशाला निर्माण गरिनेछ ।
२८)बनेपामा जडान भएको सिसिटिभी तथा सोलार बत्ति सम्भार एवम् व्यवस्थापनको जिम्मा नगरपालिकाले लिनेछ र यसलाई बनेपा नगर भित्रको अन्य बजारक्षेत्र एवं अन्य वडाहरुमा पनि आवश्यकीय क्षेत्रमा विस्तार गरिनेछ ।
२९) नगरको बजार क्षेत्र एवं आवास क्षेत्रमा सरसफाइको व्यवस्था कडाईका साथ लागू गरिनेछ ।
३०) फोहोरमैलाको व्यवस्थापन गर्नअत्याधुनिक प्रविधि उपयोग गरिनेछ ।
३१)बनेपाको उपयुक्त स्थानमा सुविधा सम्पन्न बसपार्कको निर्माण गरिनेछ । बनेपालाई काठमाडौंबाट पूर्वजाने यातायातको केन्द्रको रुपमा विकास गरिनेछ ।
३२) नगरपालिकाको कर प्रणालीलाई अझ सरलीकृत, व्यवहारिक र वैज्ञानिक बनाइनेछ ।
३३) सार्वजनिक जग्गाको लगत राखी ,यसको पुर्णसंरक्षण गरिनेछ ।
३४) सुशासनको प्रत्याभूति दिनेछ र सूचना प्रणालीलाईचुस्त दुरुस्त राखिनेछ ।
३५) बनेपा न.पा. वडा नं. ३ र ४, नाला क्षेत्र र अन्य क्षेत्रका किसानहरुले वन्यजन्तुका कारण भोग्नुपरेको बाली विनाशको विकराल समस्यालाई हल गरी संरक्षण गर्न यथासिघ्र आवश्यक व्यवस्था मिलाइनेछ ।
३६) बनेपा नगरपालिकामा पछि थप भएका साविक महेन्द्रज्योति, नासिकास्थान साँगा, उग्रतारा जनागाल, उग्रचण्डी नाला, टुकुचा नाला, रविओपी लगायत क्षेत्रमा पूर्वाधार विकास गर्नविशेष बजेट विनियोजन गर्नेछ ।
३७) सडक बालबालिकाहरुको समुचित व्यवस्थापन गरिनेछ ।
३८) बनेपा नगरको सर्वाङ्गीण विकासको लागि उपयुक्त भू–उपयोग नीति ल्याइनेछ । कृषि, औद्योगिक, व्यवसायिक, आवास क्षेत्र छुट्याई नगरको आधुनिकीकरण गरिनेछ ।
३९) बनेपालाई काठमाडौंको स्याटेलाइट सिटीको रुपमा अर्थात काठमाडौंको वैकल्पिक आवास क्षेत्र र बजार क्षेत्रको रुपमा विकसित गरिनेछ ।
४०) नगरपालिका तथा वडा कार्यालयको सम्पूर्ण कामकारबाही पारदर्शी बनाई जिम्मेवार एवम् जनउत्तरदायी बनाइनेछ ।
४१) बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै बनेपा प्राविधिक शिक्षालयलाई पुनः सञ्चालन गरिनेछ ।
४२) नक्सा पास र निर्माण सम्पन्नको प्रक्रियालाई सहज बनाईनेछ ।