May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

रेनुलाई मैले उम्मेदवार बनाउन भनेको हुँ : देउवा

290

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् । शुक्रबार काठमाडौंमा सत्तारुढ गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आफूले भनेपछि प्रचण्डले रेनुलाई मेयरमा उठाएको बताएका हुन् ।

देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै भरतपुरको मेयरमा रेनुलाई नउठाउन प्रचण्ड तयार भएको दाबी गरे । ‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो । राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’, देउवाले भने ।

त्यस्तै, देउवाले रेनुको प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक कुनै गल्ती नभएको पनि बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे ।

Advertisement

उनले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै रेनुलाई पनि भोट मागेका छन् । काँग्रेस नेता प्रकाशमान सिंह पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको उनले सुनाए । आमाबाबुले सिर्जनाको बिहे प्रकाशमानसँग गरिदिएको भन्दै प्रकाशमानको श्रीमती हुनु सिर्जनाको गल्ती नभएको बताए ।