May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

म हुनुपर्ने हास्यकलाकार हो, म जत्तिको जिम, ध्यान, योग गर्ने मान्छे सबैले पाउँ छ र ?- स्थापित

635

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफु हास्य कलाकार हुन पर्ने बताए । शुक्रबार राजधानीमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले आफुमा जति अन्य उम्मेदवारमा रसिलोपन नभएको समेत टिप्पणी पनि गरे ।

नेकपा एमालेका उम्मेदवार स्थापितले भने, ‘म जत्तिको जिम, ध्यान र योग गर्ने मान्छे सबैले पाउँ छ र ?’

यस्तै स्थापितले अझैपनि आफु ‘मेयरसाप’कै उपाधीले चिनिने बताए । २०५४ सालमा अत्यधिक मतसहित महानगरको मेयरमा निर्वाचित भएका स्थापितले आफुलाई अझैपनि सबैले मेयर साप भनेर बोलाउने दाबी गरे ।

Advertisement

उनले भने, ‘अहिले पनि मलाई मेयर साप भन्छन् के, ठुलो परिचय छ मेरो, मलाई सर कसैले पनि भन्दैनन्, मन्त्री ज्यु पनि कसैले भन्दैनन् । मलाई आम रुपमा मेयर साप भन्छन् । मेरो आग्रह मेयर सापलाई पुनः मेयर बन्न पाउ भन्ने मात्र हो । जनताको सेवा गर्न पाउँ । मैले मेरो परिचय खुलाउन नै परेन किन मतदान गर्नू भन्न नै परेन किन नगर्ने भन्ने प्रश्न पो आउँछ ।’