चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हँसिया हतौडामा नेपाली काँग्रेसले भोट हाल्दिनँ भने देश दुर्घटनामा जान सक्ने बताएका छन् ।
आज सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा बोल्दै प्रचण्डले ०७४ मा रूखवालाले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको बताए ।
प्रचण्डले भने, ‘हालिदैन हँसिया हतौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । यो राष्ट्र र जनताको आवश्यकता हो । लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’
उनले एमसिसीलगायत विभिन्न बाहनामा गठबन्धन तोड्ने षड्यन्त्र भए पनि त्यो सफल हुन नदिइएको पनि बताए ।