काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रेनु दाहाल क्षमता भएकैले राजनीतिमा आएको बताएका छन् । भरतपुरमा आयोजित गठबन्धनको सभामा बोल्दै नेपालले रेनु प्रचण्डको छोरी नभएर क्षमताका आधारमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनेको टिप्पणी गरेका हुन् ।
नेपालले भने, ‘छोरी भयो भनेर अर्को पार्टीमा जानु भन्ने ? व्यवसायीले पनि छोराछोरीलाई क्षमता छ भने व्यवसायमै आउन प्रोत्साहन गर्छ ।’ योग्यताका आधारमा रेनु दाहालले उत्कृष्ट कार्य गरेको नेता नेपालको भनाई थियो ।
यस्तै, नेपालले ओलीको कडा आलोचना गर्दै गणतन्त्र विरोधीको संज्ञा दिए । नेपालले भने,‘ओली वलयगाडा दर्शनका प्रवर्तक हो । गणतन्त्रका लागि आन्दोलन हुँदा निराशाको कुरा गरेका थिए ।’
उनले ओलीले गफमा मान्छे भुलाउन सक्ने बताउँदै भने,‘ओलीले गफमा विद्यावारिधी गरेका छन् ।’ यस्तै ओलीले गणतन्त्रविरोधीसँग साँठगाँठ गरेको आरोप समेत लगाए ।