May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

भरतपुरका बागी उम्मेदवार र रामचन्द्र पौडेलबीच भेटवार्ता

375

काठमाडमौं । चितवनको भरतपुर महानगरपालिकाका गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलसँग नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गरेका छन् । पौडेलले भरतपुरको होटल सिराँगचुलीमा बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा उनीहरुले काँग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता नहुने बताएका थिए ।

भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । काँग्रेसको असन्तुष्ट समूहले मेयरमा मात्र बागी उम्मेदवारी दिएको छ ।

Advertisement