May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

म महिलामैत्री हुँ, महिलासँग काम गर्दा सहज हुन्छ : स्थापित

330

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका केशव स्थापितले आफू महिलामैत्री भएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थापतिले आफू महिलामैत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरू हुन सक्ने तर्क गरे । तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको स्थापितको दाबी छ ।

उनले कहिल्यै संगत नै नगरेका महिलासँग जोडेर आफूलाई आरोपित गरिएको समेत बताए । आफूले दुर्व्यवहार गरेको भनिएकी महिलासँग कहिल्यै संगत नगरेको उनको भनाइ छ । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग कहिल्यै संगत नगरेको स्थापितले बताए ।

Advertisement

स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको स्मरण गरे ।

उनले भने, ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्नँ। म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव हो । ’