November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा स्थायी कमिटी बैठक आज

2.9K

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवादकै विषयमा छलफल हुनेछ।  यसअघि गत बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने, राष्ट्रपति समक्ष संसदको अधिवेशन माग गर्दै गरिएको आवेदन फिर्ता लिने तथा संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय भएको थियो। 

बैठकले केन्द्रीय कमिटी बैठक पुस १० गते बोलाउने निर्णय गरेको थियो। यसअघि स्थायी कमिटी सदस्यहरुलाई प्रस्तावका रुपमा अध्ययनका लागि वितरण गरिएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका आरोप पत्रलाई फिर्ता लिने विषयमा सहमति जुटेको छैन। 

Advertisement

अध्यक्ष ओलीले आरोप पत्र फिर्ता लिन र सहमतिको दस्ताबेज तयार गरी प्रस्तावका रुपमा पेश गर्न आग्रह गर्दै हिजो बिहान खुमलटार पुगेर अर्का अध्यक्ष दाहाललाई आग्रह गरेका छन्। तर दाहालले फिर्ता लिने संकेत नगरेपछि स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर सहमतिको प्रस्ताव तयार गर्ने कुरामा भूमिका निर्वाह गरेका थिए। 

स्थायी कमिटी बैठकमा भएको सहमति बमोजिम सरकारले अध्यादेश फिर्ता नगरेकाले आजको बैठकमा थप विवाद हुने देखिएको छ।