May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

कांग्रसेले सार्वजनिक गर्‍यो देशैभर आयोजना गरिने आमसभाको कार्यतालिका

285

काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

आमसभा हुने स्थान र मिति
मोरङ – २०७९ वैशाख २१ गते
धनुषा – २०७९ वैशाख २२ गते
काठमाडौं- २०७९ वैशाख २३ गते
कास्की- २०७९ वैशाख २४ गते
रुपन्देही – २०७९ वैशाख २५ गते
सुर्खेत – २०७९ वैशाख २६ गते
कैलाली – २०७९ वैशाख २७ गते

Advertisement