काठमाडौं । गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलका उडान र अवतरण अवरुद्ध भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालयका अनुसार धावन मार्गमा गुड्ने क्रममा जहाजको टायर पड्किएको हो ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको वुद्ध एयरको जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए । अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।