May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

निर्वाचनले फुटायो विप्लवको पार्टी, धर्मेन्द्र र सुदर्शनलाई कारबाही

320

काठमाडौं । निर्वाचनमा भाग लिने नेत्रविक्रम चन्द्र ‘विप्लव’को चाहनासँगै नेपाल कम्युनिष्ट पार्टीमा बढेको अन्तरसंघर्ष अन्ततः विभाजनमा टुंगिने भएको छ ।

विप्लव नेतृत्वको नेकपामा पछिल्लो समय निर्वाचनमा भाग लिने या नलिने भन्ने विषयमा अन्तरसंघर्ष चलेको थियो । माहासचिव विप्लव निर्वाचनमा भाग लिनुपर्ने पक्षमा थिए । तर, अन्य नेता भने अहिलेकै संसदीय व्यवस्था अन्तरगतको निर्वाचनमा भाग लिन नसकिने अडानमा थिए ।

यसैबीच, स्थानीय तह निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपाका धेरै कार्यकर्ताले मनोनय दर्ता गराएका छन् । विप्लवकै योजना अनुरुप पार्टीका नेता कार्यकर्ताले मनोनयन दर्ता गरेको आरोप लगाउने गरेका छन् ।

Advertisement

निर्वाचनमा भाग लिने नलिने अन्तरसंघर्ष चलिरहेकै बेला विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पदमुक्त गरेका छन् । उनीहरुलाई फुटपरस्त गतिविधि गरेको विप्लवले आरोप लगाएका छन् । विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवंम भेलासम्म गर्दै हिँडेकाले पार्टी विधान अुनसरा दुवै जनालाई अनश्चित समयका लागि जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराईन्छ ।’

कारबाहीमा परेका धर्मेन्द्र र सुर्दशन पछिल्लो समय विप्लवबाट क्रान्तिको नेतृत्व नहुने भन्दै नयाँ पार्टी गठन प्रकृयामा जुटेका थिए । उनीहरु छिट्टै पार्टी घोषणा गर्ने तयारीमा छन् ।

यस्तो छ विप्लवद्वारा जारी विज्ञप्ति