May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

कांग्रेसले टुंग्यायो धरान र इटहरीको मेयर उम्मेदवार

380

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ ।

इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए ।

इटहरीमा मेयरको उम्मेदवार चयन भएका पौडेल नेता डा. शेखर कोइराला निकट हुन् । अघिल्लो पटक पनि मेयरको दाबी गरेका उनी उम्मेदवार हुन पाएका थिएनन् । पौडेल इटहरी नगरका कांग्रेस सभापति समेत हुन् ।

Advertisement

धरानमा मेयरको टिकट पाएका राई सभापति शेरबहादुर देउवा पक्षका हुन् । गत अधिवेशनमा उनी नगर सभापतिमा पराजित भएका थिए ।