May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

स्थानीय तह निर्वाचन २०७९: देशभर १० हजार ५३३ जनाको उम्मेदवारी

245

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि आइतबार साँझ ८ बजेसम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा २९२१, वडा सदस्यमा ३३३८, महिला सदस्यमा १५७६, दलित महिला सदस्यमा १२०३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिए । उम्मेदवारी दिनेमध्ये ३५०६ जना महिला छन् ।

आयोगले मनोनयन दर्ताका लागि सोमबार साँझ ५ बजे अन्तिम समय निर्धारण गरेको छ । निर्वाचन आयोगले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने भएको छ ।

Advertisement