April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन

1.5K

काठमाडौं । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी झाको उपचारका क्रममा आइतबार राति काठमाडौंमा निधन भएको हो ।

पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

Advertisement