May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

ललितपुरको अक्सिजन प्लान्टमा भएको बिष्फोटमा थप एकको मृत्यु

255

काठमाडौं । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा बिहीबार भएको बिष्फोटमा थप एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो ।

गम्भीर घाइते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै चन्द्रागिरी नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा सिलिन्डर बिष्फोटमा परि पर्सा घर भई लुबु चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन् । उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

Advertisement