काठमाडौं । मंगलबारसम्म सुझाव संकलन गरेको नेपाली काँग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ । काँग्रेसले ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट घोषणा पत्रका लागि सुझाव लिएको थियो ।
एक नेताका अनुसार आजदेखि काँग्रेसले घोषणा पत्र लेख्न थाल्नेछ । उनकाअनुसार वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।
काँग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदैछ । यसपाली काँग्रेसले स्थानीयस्तरबाट पनि प्रतिबद्धा पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् ।
केन्द्र र स्थानीयस्तरमा बनाइने घोषणा पत्रमा पूरा गर्न नसकिने खालका विषय समावेश नगर्न भनिएको ती नेता बताउँछन्। विगतका घोषणा पत्र हेर्दा पूरा गर्न नसकिनेखालका विषय पनि समावेश गरिएका थिए।
काँग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले विगत ३ वर्षमा गरेका नराम्रा कामबारे पनि घोषणा पत्रमा केही बुँदा हुनेछन् ।
यस्त,ै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामबारे पनि समीक्षा हुने बताइएको छ ।