May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

कांग्रेस बैठकले गर्‍यो स्थानीय तह निर्वाचन घोषणापत्र पारित

190

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले परिमार्जनसहित निर्वाचन घोषणापत्र पारित गर्ने निर्णय गरेको छ। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज (बुधबार) बसेको बैठकले महामन्त्री गगन थापा संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले बनाएको मस्यौदालाई केही परिमार्जनसहित पारित गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

गठबन्धनभित्र भएको चुनावी तालमेलको बारेमा पनि समितिका सदस्यहरुलाई जानकारी गराइएको उनले बताए।

आजको बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, जीवन परियार र केन्द्रीय समितिका सदस्यहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, जीपछिरिङ लामा र एनपी साउदले आ–आफ्नो धारणा राखेका थिए।

Advertisement