काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला सभामुख अग्निप्रसाद सापकोटाविरुद्वको मुद्दामा सर्वोच्च अदालतले पेशी तोकेको छ ।
सापकोटाविरुद्वको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो ।
संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटाले केहि अडान राख्दै जान अस्वीकार गरेका थिए । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने सापकोटाले बैठकमा जान अस्वीकार गरेसँगै अर्का अध्यक्षसमेत रहेका ओली निकै चिढिएका थिए ।
यसअघि २०७६ फागुन ३०मा यो मुद्दा पेशीमा चढाइएको थियो । तर, हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाई सरेको थियो ।