काठमाडौँ । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका दलहरुबीचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने विषयमा सहमति भएको हो । उक्त सहमति पछि आजै अपिल जारी हुने नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा शीर्ष नेताहरुसहित पाँच दलीय गठबन्धनको तयारी तथा अनुगमन संयन्त्रका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बैठक जारी छ ।