November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्थानीयसुकाढाप क्षेत्रमा लालिगुराँस महोत्सव-२०७९ आयोजना गरिने

4.7K

शरद अधिकारी

च्याङ्थापु । आन्तरिक पर्यटनको विकासका लागि याङ्वरक गाउँपालिका, विभिन्न संघ सँस्थाहरु तथा अन्य दाताहरुको आर्थिक सहयोगमा “सुकाढाप लालिगुराँस टोल विकास सँस्था” याङ्वरक–१ को आयोजनामा आउन लागेको नयाँ वर्षको पहिलो दिन २०७९ साल बैसाख १ गतेको अवसर पारेर सुकाधाप तथा लामपोखरी क्षेत्रमा “लामपोखरी सुकाधाप लालिगुराँस महोत्सव- २०७९” आयोजना गरिने भएको छ ।

च्याङ्थापुका वडाध्यक्ष मोहन ढुंगेलले दिएको जानकारी अनुसार कार्यक्रम चैत्र ३० गते शुरु भई बैसाख २ गते सम्पन्न गर्ने आयोजकको योजना रहेको छ ।

Advertisement

बिगतका वर्षहरुमा पनि आयोजना गरिँदै आएको उक्त महोत्सब कोरोना महामारीका कारण रोकिएको थियो । २८ प्रजातीका गुराँस पाईने लामपोखरी क्षेत्रमा लाग्ने यो महोत्सवले लामो समयसम्म बन्द भएको पर्यटन क्षेत्रलाई सहयोग अपेक्षा गरिएको कुरा वडाध्यक्ष ढुंगेलले बताए ।