July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघद्धारा पार्टी कार्यालयमा धर्ना

2.1K

काठमाडौं । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सोमबारदेखि पार्टी कार्यालय सानेपामा धर्ना दिएका छ । विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै संघले धर्ना दिएका हुन् ।

नेविसंघका नेताका अनुसार सबै उमेरसमुहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरी विधान बमोेजिमले तदर्थ समिति गठन गर्नलगायतका माग गरेर केन्द्रिय कार्यालयमा धर्ना बसेको हो ।

नेपाली काँग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको भन्दै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन, सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गर्न नेविसंघले माग गर्दै आएको उनले जानकारी दिए ।

Advertisement

नेविसंघले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न मागसमेत गरेको छ ।