काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले आगामी निर्वाचनमा केपी ओलीको बाकसमा जिरो मत पाउनुपर्ने बताएका छन् ।
शनिबार एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताएका हुन् ।
झनालले भने, ‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत पाउनुपर्छ, तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ ।’
नेता खनालले कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताए ।