February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

उम्मेदवार बन्ने स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

2.9K

काठमाडौं । आगामी निर्वाचनमा उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ ।

यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको हो ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ’, राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ ।

Advertisement